September 16, 2024, 7:16 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

सावाधानी अपनाउँ ! विष्णुमति नदीले जलसतह पार गर्‍यो

भदौ १९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौँ, : काठमाडौँको विष्णुमति नदीले जलसतह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार रातिसम्म नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउनु आग्रह गरेको हो ।

“विष्णुनदीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भइ बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

त्यसैगरी सिन्धुलीको कमलानदी रानीबासस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेको उल्लेख गर्दै विभागले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरुमा रहनेलाई बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आज कोशी, बागमती र गण्डकी प्रदेश भइ बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । साथै  आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुने र राति कोशी, मधेस र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

प्रतिक्रिया