September 19, 2024, 10:08 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

सहकारी ठगि छानबिन गर्ने संसदीय समितिको म्याद १५ दिन थपियो

भदौ १८, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं । सहकारी संस्थाको बचत रकम ठगि बारे छानबिन गर्न गठन भएको संसदीय छानविन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष छानविन समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले समयावधि थपका लागि प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायर्थ सभासमक्ष पेश गरेपछि प्रतिनिधि सभाबाट समयावधि थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।
प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरुसँग सोधपुछ कार्य गरिसकिएको जानकारी दिएका थिए ।
उनले सार्वजनिक विदाको दिनबाहेक समितिले विहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गते सम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए ।

प्रतिक्रिया