September 19, 2024, 9:37 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

भौतिकको सरुवाले सडकमा हलचल

भदौ १८, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं,  । मन्त्री देवेन्द्र दाहाल र सचिव केशव शर्माको निर्णयबाट प्रथम श्रेणी सहसचिव स्तरका आधा दर्जन प्राविधिकसँगै उपसचिव स्तरका ६० भन्दा बढी प्राविधिकहरुको सरुवा र आन्तरिक पदस्थापनले एकाएक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागमा हलचल ल्यायो ।

पहिलेका मन्त्री रघुवीर महासेठ र सचिव गोपाल सिग्देलको मनपरीतन्त्रलाई मन्त्री दाहाल र सचिव शर्माको निर्णयले सच्याएको मानिदैछ ।

देशको पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सडक विभागलाई ट्रयाकमा ल्याएर निर्माणसँग जोडिएका विकास आयोजनाहरुको निर्माण कार्य द्रूत रुपमा बढाउन यस पटकको सरुवा र पदस्थापनले प्राथमिकता दिएको देखिन्छ सम्बन्धित अधिकारीहरु नै बताउँछन् ।

पहिलेका मन्त्री रघुवीर महासेठ र सचिव गोपाल सिग्देलको स्वार्थसँग नमिल्दा कुनामा फालिएका प्राविधिकहरुलाई अहिलेको सरुवा र पदस्थापनमा न्याय गरिएको मानिँदैन ।

यस पटक भौतिक मन्त्रालय अन्तर्गत भएको सहसचिव स्तरका प्राविधिक र उपसचिव स्तरका प्राविधिकहरुको सरुवा र पदस्थापनमा केही अपवाद बाहेक नराम्रो भन्न सकिन्न मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

रघुवीर महासेठले कुनामा फालेका सहसचिव स्तरका प्राविधिकहरुमा अर्जुन अर्याललाई सडक विभाग अन्तर्गत सम्भार महाशाखाको उपमहानिर्देशक, एक सातामै तीन ठाउँमा फालिएका शुभराज न्यौपानेलाई संघीय सुपरिवेक्षण अनुगमन कार्यालय काठमाडौं, मन्त्रालयमा थन्क्याईएका विनोद मौवारलाई पुनः दमक पठाईएको छ ।

सुरुङ्गका योजना प्रमुख नविन श्रेष्ठलाई मन्त्रालय, ज्ञानेन्द्र झालाई नागढुङ्गा सुरुङ्ग, थानेश्वर खत्रीलाई मध्यपहाडी आयोजना निर्देशकबाट सडक सुधारको आयोजना निर्देशक, रविन्द्र दासलाई मध्यपहाडी राजमार्गको आयोजना निर्देशक बनाईएको छ ।

यस पटक सहसचिव स्तरमा प्राविधिकहरुको सरुवामा संभार महाशाखाको उपमहानिर्देशकको पदमा रहनुभएका प्रभात झालाई गुणस्तर महाशाखा र ज्ञानेन्द्र झालाई नागढुङ्गा सुरुङ्ग योजना प्रमुखमा पठाईएकोमा केहीले अन्तुष्टि पोखेका चर्चा साप्ताहिकमा खबर छ ।

प्रभात झा सडक विभाग अन्तर्गत अन्यन्त अब्बल प्राविधिक सहसचिवका रुपमा परिचय बनाउन सफल मानिन्छन् भन ज्ञानेन्द्र झालाई लोभी-पापी नभएको बताईन्छ ।

प्राविधिक उपसचिवहरुको सरुवामा केही त्रुटी सच्याउने प्रक्रिया सुरु भएको बुझिएको छ ।

भक्तपुरमा कार्यरत मेघराज मरासिनी र ललितपुर सडक डिभिजनमा कार्यरत मुकुन्द अधिकारीको सरुवामा सुधार हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया