September 16, 2024, 7:11 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

भदौ १८, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौँ । उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३७ बर्षिय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् ।
स्वरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् । स्वरेज अहिलेसम्म उरुग्वेका लागि सर्बाधिक गोलकर्ता समेत हुन् । उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।
स्वरेजले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेभ्यु गरेका थिए । उनले २०१०, २०१४, २०१८ र २०२२को विश्वकप समेत खेलेका थिए ।
हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वरेजले क्लब फुटबललाई भने केहि बर्ष निरन्तरता दिने छन् ।

प्रतिक्रिया