February 24, 2025, 7:09 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

मौसम पूर्वानुमान : पाँच प्रदेशमा वर्षाको सम्भावना

भदौ १८, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशका थोरै तथा बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज सूर्योदय बिहान ५ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।

प्रतिक्रिया