February 24, 2025, 6:59 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

सिरहामा बेवारिसे शव फेला

भदौ १७, २०८१ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

गोलबजार – सिरहाको बरियारपट्टीमा एक पुरुषको शव फेला परेको छ ।

बरियारपट्टी गाउँपालिका-३ दशगजाभन्दा दुई सय मिटर उत्तर र सशस्त्र प्रहरी बलको वेशक्याम्पभन्दा दुई सय ५० मिटर पूर्व रहेको खेतको आलिमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

उनले भने, “शवको सनाखत हुन सकेको छैन, घटनास्थलमा प्रहरी परिचालन भई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया