February 26, 2025, 7:03 am
» PM Oli extends best wishes on Mahashivaratri Day » राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस » अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

भदौ १७, २०८१ मा प्रकाशित | १२९०दर्शक तीव्रखबर

मोरङ । बिराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया