February 24, 2025, 7:24 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

पिकअपको ठक्करबाट रौतहटका व्यवसायीको मृत्यु

भदौ १६, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

रौतहट । मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एकजना व्यवसायीको मृत्यु भएको छ ।
सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २-०१-४९२० नम्वरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेको मौलापुर नगरपालिका  ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप भ्यान सहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई ईलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ ।
कोलहविका सई लालु यादवले पक्राउ परेका दुवैजनाले एक अर्कामाथि गाडी चलाएको बिबादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।
मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया