February 24, 2025, 12:17 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

‘मिटरब्याज पीडितहरुका समस्या चाँडो समाधान गरौँ’

भदौ १६, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मिटर ब्याजको कुरा संसद्मा उठे पनि अहिलेसम्म समाधान हुन नसकेको गुनासो गरेका छन् ।

आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले पीडितहरुको कुरा प्रतिनिधिसभाको बैठकमा उठेको भए पनि अहिलेसम्म समाधान हुन नसकेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभामा मिटर ब्याज पीडितहरुका समस्याहरुको बारेमा हामीले यस पटक धेरै छलफल, बहस, क्रिया अन्तरक्रिया, त्यसका लागी थुप्रै समितिहरू निर्माण देखि लिएर एउटा प्रक्रियामा हामी गयौँ,तर पनि समस्या चाहिँ विभिन्न रूपले यथावत छ ।’

साथै उनले मिटर ब्याज पीडितहरुको समस्या चाँडो समाधान गर्नुपर्ने बताए । जनताले भोगेका समस्या सम्बोधन गर्ने नीतिको आवश्यक्ता रहेको उनको भनाई छ ।

यस्तै उनले बैंकिङ कसुरमा कारबाहीमा परेका व्यक्तिहरुले अर्को बैंकबाट ऋण लिन नपाउने व्यवस्थामा कडा नियम बनाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘चेक अनादर हुँदा अर्थात बैंकिङ कसुर सम्बन्धी घटना भइसके पछि त्यो अवस्थामा एउटा व्यक्तिको चेक अनादर भयो अर्थात बैंकिङ कसुर प्रक्रियामा गयो अर्थात पुष्टि भयो भने त्यसपछि पनि ती व्यक्तिहरुले अर्को बैंकबाट र अरू ठाउँबाट ऋण लिन पाइराख्ने त्यसको चाहिँ कारोबार गर्न पाइराख्ने अहिलेको विद्यमान जुन स्थिति छ त्यसमा हामीले टाइट हुनुपर्‍यो ।’

प्रतिक्रिया