February 24, 2025, 7:43 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

भदौ १६, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं । ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा रहेको डीएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएका छन् ।

शनिबार बेलुकी ८ बजेतिर सो स्कुलको होस्टलमा मोरङका सकुल मर्डी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको उनले बताए । उनीछारे रोगको बिरामीसमेत रहेको खुलेको छ ।

यद्यपि मृत्युको कारणबारे पोष्टमार्टमपछि मात्रै खुल्ने एसपी सुवेदीले जानकारी दिए । घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमार्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया