February 24, 2025, 12:37 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

मुख्य सचिव अर्यालद्वारा पद बहाली

भदौ १६, २०८१ मा प्रकाशित | १३२०दर्शक तीव्रखबर

काठमाडौँ । मुख्य सचिव एक नारायण अर्यालले पद बहाली गरेका छन् । नेपालका सरकारका मुख्य सचिव अर्यालले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका हुन् । पद बहालीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नेपाल सरकारका सचिवहरूले २७ औँ मुख्य सचिव अर्याललाई भव्य स्वागत गरेका छन् ।

पद बहालीसँगै मुख्य सचिव अर्यालले  सार्वजनिक सेवा तथा विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन् ।

सरकारले बिहीवार गृह मन्त्रालयको सचिव रहेका अर्याललाई वरिष्ठ सचिवहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया