February 24, 2025, 12:57 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

अग्निपरीक्षामा काँग्रेसका १० मन्त्रीहरु

भदौ १६, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

काठमाडौं, : । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसबाट १० जना मन्त्रीहरु सहभागी भएका छन् ।

काँग्रेस र एमाले मिलेर बनेको सरकारमा काँग्रेसको नेतृत्व उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका छन् । सिंह काँग्रेसका पुराना एवं अनुभवी नेता हुन् ।

काँग्रेसले पाएका अन्य मन्त्रालयहरुमा गृह रमेश लेखक, परराष्ट्र डा. आरजु राणा देउवा, ऊर्जा तथा सिंचाई दीपक खढ्का, स्वास्थ्य प्रदीप पौडेल, कानून तथा न्याय अजय चौरसिया, वन तथा वातावरण ऐन बहादुर शाही, खेलकुद तेजुलाल चौधरी रहेका छन् ।

यसैगरी कृषि तथा पशुपंक्षी रामनाथ अधिकारी, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे रहेका नयाँ विमर्शमा खबर छ ।

काँग्रेसका यी मन्त्रीहरुमध्ये गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र परराष्ट्रमन्त्री डा. आरजु राणाले मात्र जनताको आशा र भरोसा जगाउने कामको शुरुवात गरेको जानकारहरुले बताएका छन् ।

सरकार बनेको धेरै समय नभएकाले अन्य मन्त्रीहरुले परिणाम देखाउन नसकेको चर्चा चलेको छ ।

 

प्रतिक्रिया