February 24, 2025, 1:06 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

आज संसदका चार समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

भदौ १६, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौँ । आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै छ । आज अर्थ समिति, शिक्षा समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायाँ व्यवस्था समितिको बैठक पनि बस्दै छ भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ ।
आज बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने एजेण्डा रहेको छ । अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित हुदै छन् ।

त्यसैगरी अपराह्न १ बजेका लागि बोलाइएको शिक्षा समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसै गरि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै संसदीय सुनुवाई संयुक्त समितिको ११ बजे बोलाइएको बैठकमा विभिन्‍न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया