September 19, 2024, 12:17 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

मोरङको केरा बगानभित्र २ नाबालिका मृत अवस्थामा फेला, आमा सम्पर्कविहीन

भदौ १५, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं । मोरङमा २ नाबालिका एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको सुन्दराचौर नगरपालिका-७ केराबगानभित्र एक र तीन वर्षीया बालिकाहरु मृत अवस्थामा फेला परेका हुन् ।

सुन्दराचौरका स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनकी श्रीमती समेत केही दिनदेखि सम्पर्कविहीन रहेकी छिन् ।

गत श्ुक्रबार राति अर्जुन र उनकी श्रीमती अस्मिताबीच विवाद भएको थियो । राति नै अस्मिता २ छोरी लिएर घरबाट हिँडेकी थिइन् ।

धनकुटा पाख्रिवासका उनीहरु सु्न्दराचौर-७ मालती टोलमा बस्दै आइरहेका थिए । उनीहरुले त्यहाँ घर समेत बनाउँदै थिए ।

अस्मिताले २ नाबालिका छोरीहरुको हत्यापछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 

प्रतिक्रिया