September 19, 2024, 1:07 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

पूर्वी नवलपरासीमा सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु

भदौ १५, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

परासी । पूर्वी नवलपरासीको निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार पूर्वी नवलपरासीको बिनय-त्रिवेणी गाउँपालिका-७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र सेफ्टी ट्यांकी बनाउने मिस्त्री मोहम्मद राजा रहेका छन् ।
निर्माण कार्य सकिएपछि सामान निकाल्न सेफ्टी ट्यांकीको माथिको प्वाल भित्र पालैपालो गएका तिनै जनाको निसास्सिएर मृत्यु भएको थियो ।
तिनै जनालाई प्रहरीले बेहोस अवस्थामा उद्धार गरेर अस्पताल पठाएकोमा प्रकाशको पृथ्वीचन्द्र अस्पताल र अन्य दुई जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया