September 19, 2024, 1:20 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

रसुवा भन्सारमा पचास करोड राजस्व वृद्वि

भदौ १४, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

रसुवा, : गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार कार्यालयको राजस्व रु ५० करोडले वृद्वि भएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठककानुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयात सामग्रीको शुल्कबापत रु एक अर्ब ५४ करोड  राजस्व सङ्कलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा रु एक अर्ब तीन करोड मात्र राजस्व सङ्कलन भएको थियो । राजस्व सङ्कलनका लागि आयात भएका सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, विद्युतीय सामग्री, थरमस, विभिन्न मोडलका सवारीसाधन र तिनका पार्टपुर्जाका साथै स्याउ, ओखरलगायत फलफूल आयात भइरहेका भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका लागि रसुवागढी नाकाबाट चिनियाँ उपकरण आयात हुने गरेका छन् । राजश्व वृद्धि भए पनि यहाँ सडक सुरक्षामा भने ध्यान दिइएको छैन । सडकको क्षमताभन्दा पाँच गुणा बढी वजन भएका उपकरण ल्याउने गरिएकाले पासाङल्हामु मार्गमा पहिरोको जोखिम बढ्दै गएको र ठाउँठाउँका पुल भासिने सम्भावना बढेकाले आवश्यक नियमन र मर्मतमा ध्यान दिन  स्थानीयवासीले अनुरोध गरेका छन्  यस्तै, देशको अर्थ सङ्कलनमा ठूलो योगदान दिइरहेको स्याफ्रुबेँसी रसुवागढी सडकको १६ किमी खण्ड मर्मतसम्भार नहुँदा खाल्टाखुल्टीका कारण मालवाहक सवारीसाधन गुडाउन कष्टकर हुँदै गएको चालकको गुनासो छ । सडकको क्षमताभन्दा बढी सामग्री बोकेका ट्रक गुडाएका कारण कालिका स्थानमा सडक भासिँदा नियमित यात्रुवाहक बस गुडाउन मुस्किल हुँदै गएको बस व्यवसायी समितिले जनाएको छ ।

भार्खु डाँडामा तीन वर्षअगाडि देखि सुरु भएको मर्मतसम्भार र कटिङ् कार्य हालसम्म सम्पन्न नहुँदा सरकारी व्ययभार बढ्दै गएको छ । मानसरोवर कैलाश यात्रासमेत चलिरहेको अवस्थामा सडक सुधार नहुँदा यात्रामा समस्या छ ।

प्रतिक्रिया