September 19, 2024, 1:10 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

बचत फिर्ताको मागमा सहकारी पीडितले चौथो चरणको सडक आन्दोलन गर्ने

भदौ १०, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौँ । सहकारी पीडितहरूले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत् सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औँ दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चारजना पीडितहरूले ज्यान गुमाइसकेको बताए ।

सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रो पटकको आन्दोलन सुरु गरेको १०१ औँ दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत् आन्दोलन गर्ने उनले बताए ।

उनले सहकारी पीडितहरू १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुई पटक सम्झौता गरे पनि पीडितको पक्षमा केही काम नभएको धारणा राखे ।

अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रो पटक आफूहरूसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए । तत्कालीन अवस्थामा आफूहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया