February 24, 2025, 5:57 am
» प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा » एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा, के-के छन् एजेन्डा ?

प्रचण्डको ब्रिफिङ- पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं

भदौ ५, २०८१ मा प्रकाशित | ११३०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गरेका छन् ।
बुधबारदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराएका छन् ।
भोलिसम्म चल्ने यस बैठकमा पार्टीका बागमती प्रदेशका केन्द्रीय सदस्य र सांसदहरु सहभागी रहेका छन् । यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीति बारे सुझाव दिने बताइएको छ ।
गत साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले प्रदेश परामर्श समितिको बैठक बस्ने निर्णय गरेअनुसार माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक अघि सातै प्रदेशको परामर्श बैठक गर्ने भएको छ ।

प्रतिक्रिया