पोखरा । नवलपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । कावासोती नगरपालिका ८ खरकट्टाबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अन्दाजी ९ बजेर २५ मिनेट खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ध १ प
५६९१ नम्बरको मोटरसाइकललाई शंका लागी प्रहरीको चेकिङ टोली चेकजाँच गर्ने क्रममा उनीहरु समातिएका हुन् । मोटरसाइकल चालक बागलुङ नगरपालिका(२ बस्ने .२२ वर्षीय संगम बस्याल र मोटरसाईकलको पछाडि सवार काठेखोला गाउँपालिका १
बस्ने २२ वर्षकै जीवन के.सी.को साथबाट नुर्फिन १०० एम्पुल, डाईजेपाम १००
एम्पुल र फेनरागन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध समेत अभियुक्तहरुको साथबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया