September 20, 2024, 4:34 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

ओली ‘बा’ वरिपरिकालाई पनि ख्याल राख्नुस् ! प्रचण्ड पुत्री तनावमा, परराष्ट्रमन्त्री नपुग्दै दिल्लीमा धर्ना !

भदौ ५, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं । एकाएक सत्ताको साँचो नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई बुझाउन परेपछि छागाबाट खसे झै भएका पुष्पकमल दाहाल प्रचण्ड फेरि पनि सत्ता समाल्न पाईन्छ की भन्दै बिभिन्न शक्ती केन्द्र धाउने काम भईरहेको छ समाचार स्रोत बताउँछ।

संसदीय मान्यता अनुसार न्युन स्थान सहित तेस्रो  दलका रुपमा रहेको एमाओबादीका तर्फबाट यति बेला प्रचण्ड पुत्री गंगा दाहालले दिल्लीमा दौड चलाएकी छन् ।

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाको बसोबास रहने दिल्ली स्थित शेराटन होटलमा प्रचण्ड पुत्री गंगा परराष्ट्रमन्त्री आरजु राणा पुग्नु भन्दा २ दिन अघि पुगिसक्नु केकी थिइन ।

यो खबरसँगै उच्च राजनीतिक वृतमा भित्रभित्रै हंगामा भइरहेको छ । उहाँहरुको होटल एउटै भएकाले राजनीतिक बृतमा थप शंका उब्जनु स्वभाविक भएको एक बिश्लेषकले बताउनु भएको छ ।

हाम्रो मुलुकमा सत्ता समिकरण बारे अस्थिरता कायमै छ ।

अहिलेको समिकरण बलियो त छ तर दुई ठुला दल भएकाले एकले अर्काको अस्तित्व स्विकार्न असहज महसुस भएको चिन्ता देखिन्छ । एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुहुन्छ ।

उहाँको सचिवालय, सल्लाहकार र किचन समुहले कांग्रेस नेतृत्व मन्त्रालयमा समेत सुष्म ढंगबाट निगरानी राख्ने, मन्त्रालयको सचिव नियुक्त गर्दा होस् या प्रमुख बिभागिय प्रधानमन्त्री ओलीको पनि चासो छ भन्दै माथिल्लो तहमा प्रहरी,प्रशासन,कर्मचारी लगायतका सरुवा,बढुवा,नियुक्तीमा समेत सो समुहको हस्तक्षेप भुमिका बढेको छ ।

प्रधानमन्त्री ओली नेपाली कांग्रेसको साथ र सर्मथनमा प्रधानमन्त्री बन्नु भएको हो तर कांग्रेस र नेकपा एमाले बिच बिश्वासको दरिलो अबस्था देखिँदैन् ।

सत्ता समिकरणमा दरार किन पनि देख्न सकिन्छ भने दुबै ठुला पार्टीका सभापति र अध्यक्षको भेटवार्ता पातलो देखिन्छ । यो भित्र कुनै रहस्य हुन सक्छ राजनीतिलाई मिहिन ढंगबाट बिश्लेषण गर्नेहरु भन्नुहुन्छ ।

उता, अहिलेको समिकरणलाई एक थरि भारतीयहरुले मन पराएका छैनन् भन्नु र परराष्ट्रमन्त्री आरजु राणा र प्रचण्ड पुत्री एकै होटलमा बस्नु संयोग मात्र हो त ?

एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको एक थरिले मन नपराएको भन्दै राजनीतिक षडयन्त्र सुरु भएको त होइन आंकलन गर्न सकिन्छ ।

यस बिषयमा कांग्रेस र एमाले नेतृत्व सर्तक छ त ?  मुलुक र जनताको लागि यो सत्तासमिकरण भन्दै आईरहेका बेला कांग्रेसकै केहि नेताहरु सत्ता समिकरणको खिलापमा रहनु,बालुवाटारको किचन समुह हरेक क्षेत्रमा भागबण्डा खोज्नु ? यस प्रकारका असन्तुष्टीहरुले सरकार बलियो बन्छ की कमजोर ? न्यायीक ढंगबाट बिचार बिर्मष गर्ने समय भैसकेको छ ।

हुन त कांग्रेसका केहि नेताहरुको आक्रोसले एमाले भित्र पनि शसंकित हुने अवस्था उत्तिकै छ । २०८४ मा एक्लै निर्वाचन, जनयुद्ध औचित्यहिन भन्दा सत्ता समिकरण कता कता च्यातियो ?

अहिले कांग्रेस र एमालेले आ आफ्नै ढ्वांग् बजाउने की आम नागरिक,जनता र राष्ट्र हितमा राम्रो काम गरेर देखाउने ? गठबन्धन मजबुद छ भने देउवा र ओलीको संबाद निरन्तर जरुरी होइन ? अर्का एक चिन्तकले प्रश्न गरे ।

त्यसैले यी ठुला दल बिचको सत्ता एकिकरण सतहमा छताछुल्ल नभइ जनजनको मन छुनेगरि काम गरेर देखाउन जरुरी छ । बालुवाटारमा ओली भन्दै नाम भजाउने व्यक्ति र समुह पनि समयमै पहिचान हुन जरुरी छ ।

प्रतिक्रिया