November 21, 2024, 12:27 pm
» बसको ठक्करबाट बालिकाको मृत्यु » राजस्व संकलन १७ प्रतिशतले बढ्यो » नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै » Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय

नवलपुरमा ट्रयाक्टर पल्टिदा चालकको ज्यान गयो

माघ ३, २०७७ मा प्रकाशित | ११२०दर्शक तीव्रखबर

नवलपुर । नवलपुरको पहाडी सडक–खण्डमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । दलदले–बुलिङटार खण्डको बुलिङटार–४ चुलीबोझामा शनिबार ट्रयाक्टर पल्टिदा देवचुली ९ का २५ वर्षका विकास गोतामेको मृत्यु भएको हो ।

दलदलेबाट बुलिङटारतर्फ जाँदै गरेको लु ३ त ७६०७ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको बुलिङटार प्रहरी चौकीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका गोतामेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । अस्पताल पुर्याए पनि चिकित्सकले उनको मृत्यु भईसकेको बताएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकदेखि अन्दाजी ३० मिटर तल गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया