February 24, 2025, 3:27 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

सहकारीको रकम अपचलन : रास्वपा सहमहामन्त्री विपिनसँग छानबिन समितिले लियो बयान

भदौ २, २०८१ मा प्रकाशित | १२७०दर्शक तीव्रखबर

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यसँग बयान लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो ।

आचार्य सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा मुछिएका छन् । सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ ।

समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धीत व्यक्तिको हस्ताक्षर सहित रेकर्डमा राखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकाय लगाएत सहकारी ठगिमा मुछिएकाहरूलाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ ।

छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहको समिति संयोजक सूर्य थापाले जानकारी दिए । यसअघि सदनमा सहकारी प्रकरणमा छानविन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया