February 25, 2025, 2:15 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

भदौ २, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया