February 23, 2025, 9:48 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

स्त्री-२ को बक्स अफिसमा बम्पर कमाई

भदौ २, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको तेस्रो दिन शनिबार मात्र ४५ करोड ७० लाख कमाई गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म १४५.८० करोड कमाई गरिसकेको छ ।

फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।
त्यस्तै फिल्मले शुक्रबार ३५.३० करोड कमाएको थियो ।

आइतबार र सोमबार पनि बिदा भएकाले फिल्म सोमबारपछि ३०० करोडको नजिक पुग्ने अनुमान गरिएको छ ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया