February 24, 2025, 3:30 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

आज चार संसदीय समितिको बैठक बस्दै

भदौ २, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको चार संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत आज कानून न्याय तथा मानव अधिकार समिति, महिला  तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।
सबै समितिको बैठक आज बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आज बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ भने पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुँदैछ ।
त्यस्तै कृषि समितिको बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया