February 23, 2025, 8:58 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल

भदौ २, २०८१ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । १-० ले पछि परेको अवस्थामा बार्सिलोनाले कमब्याक गर्दै जित हासिल गरेको छ । लेवानडोस्कीले खेलको ४५औं र ४९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि हुगो डुरोले एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

प्रतिक्रिया