February 24, 2025, 3:17 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियो : जनार्दन शर्मा

भदौ १, २०८१ मा प्रकाशित | ११२०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफुलाई शिर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् ।
शनिबार रुकुम-पश्चिम-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रचण्डकै अगाडी आफुलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हु्न् ।
उपमहासचिव शर्माले कार्यकर्तालाई के आफु दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट आफुले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए ।
उनले भने- ‘आज म बडो आश्चर्यमा छु म । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्- म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।’
शर्माले अहिले पार्टीभित्र संघर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दु्राग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए ।
शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफु र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउदै यो पार्टीको राम्रोको लागि भएको ब्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया