September 16, 2024, 7:19 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

फाइनान्स कम्पनीहरूले अब कसरी घटाउँछन् निष्क्रिय कर्जा ?

साउन ३२, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको हकमा अधिकतम निष्क्रिय कर्जाको सीमा पाँच प्रतिशत तोकेको छ ।

पाँच प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा भएको खण्डमा राष्ट्र« बैंकले सुधारात्मक कारबाही गर्नसक्छ ।

निष्क्रिय कर्जा तोकिएको सीमासम्म कायम नभएसम्म निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, नयाँ कर्मचारी भर्ना, शाखा विस्तारमा रोक लगाउने, कर्मचारीहरूको सेवासुविधा, लाभांश वितरण आदिमा रोक लगाउन सक्छ ।

राष्ट्र बैंकबाट स्वीकृति लिएर नेपालमा १७ वटा फाइनान्स कम्पनीहरू सञ्चालनमा छन् । गत आर्थिक वर्ष २०८०÷८१मा फाइनान्स कम्पनीहरूको औसत निष्क्रिय कर्जा १० दशमलव ४० प्रतिशत छ ।

फाइनान्स कम्पनीहरूले अहिलेसम्म प्रवाह गरेको कुल कर्जा रकम ९८ अर्ब ६९ करोड ८० लाख रूपैयाँ हो । यसलाई आधार मान्दा कुल १० अर्ब २६ करोड ४५ लाख ९२ हजार रूपैयाँ निष्क्रिय कर्जा देखिन्छ ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार अर्ब रूपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब ३३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । सो वर्ष औसत निष्क्रिय कर्जा सात दशमलव ५२ प्रतिशत थियो ।

पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कलाई तुलनात्मक अध्ययन गर्दा फाइनान्सहरूकोे निष्क्रिय कर्जा उच्चरूपमा बढेको छ । अर्थात् राष्ट्र बैंकले तोकेको अधिकतम सीमाभन्दा दोब्बर छ ।

अर्थतन्त्रमा वास्तविक क्षेत्र सहज भईनसकेको अवस्थामा फाइनान्स कम्पनीहरूले निष्क्रिय कर्जा घटाउन कठिन देखिन्छ ।

फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार न्यूनतम दुई दशमलव ८४ प्रतिशतदेखि अधिकतम साढे १२ प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएको छ ।

सबैभन्दा कम निष्क्रिय कर्जा बेष्ट फाइनान्सको छ भने सबैभन्दा बढी गोर्खाज फाइनान्समा छ । बेष्ट फाइनान्सको दुई दशमलव ८४ प्रतिशत निष्क्रिय कर्जा छ भने गोर्खाज फाइनान्सको १२ दशमलव ४९ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्ष बेस्ट फाइनान्सको तीन दशमलव ४८ प्रतिशत र गोर्खाज फाइनान्सको १९ दशमलव २५ प्रतिशत थियो । वित्तीय विवरणअनुसार पोखरा फाइनान्सको नौ दशमलव ७५ प्रतिशत र नेपाल फाइनान्सको नौ दशमलव ११ प्रतिशत निष्क्रिय कर्जा छ ।

अघिल्लो आर्थिक वर्ष पोखरा फाइनान्सको निष्क्रिय कर्जा पाँच दशमलव २८ प्रतिशत र नेपाल फाइनान्सको १२ दशमलव १६ प्र्रतिशत थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा सेन्ट्रल, प्रोग्रेसिभ, रिलायन्स र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको निष्क्रिय कर्जा क्रमशः छ दशमलव ७७, छ दशमलव ६७, छ दशमलव ६३ र छ दशमलव ५३ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षमा यी फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ७७, नौ दशमलव ९८, छ दशमलव ३६ र तीन दशमलव १२ प्रतिशत थियो ।

गुडविल र आईसीएफसी फाइनान्सको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ८९ र चार दशमलव १५ प्र्रतिशत छ ।

अघिल्लो आर्थिक वर्ष यी फाइनान्स निष्क्रिय कर्जा क्रमशः छ दशमलव ४३ र एक दशमलव ९९ प्रतिशत थियो ।

यसैगरी मञ्जुश्री र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ९७ र दुई दशमलव ८६ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षमा यी फाइनान्सको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव २६ र एक दशमलव शून्य पाँच प्रतिशत थियो । (आर्थिक दैनिकबाट) 

प्रतिक्रिया