September 16, 2024, 8:46 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

‘नरसिंहा अवतार’ मा मोडल सनिशाको इन्ट्री

साउन ३२, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ । अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा मोडल सनिशा भट्टराई भित्रिएकी छन् । उनीसँग यसै साता निर्माताले कागजी सम्झौता गरेका हुन् । सनिशासँगै अर्की अभिनेत्री नीति शाहको शिर्ष भूमिका हुने भएको छ ।

सनिशाको यो दोस्रो फिल्म हुनेछ । उनले विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन्, जुन दशैंको फूलपातीमा रिलिज हुँदैछ । म्यूजिक भिडियोमा आफूलाई स्थापित गरेकी सनिशाले फिल्म उद्योगमा छलाङ मारेकी छन् ।

‘नरसिंहा अवतार’को निर्देशन दीवाकर भट्टराईले गर्नेछन् । उनले यसअघि ‘ऐश्वर्य’, ‘क्याप्टेन’, ‘मायावी’, ‘स्टुपिड मन’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहने जनाइएको छ । आगामी भदौबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया