September 16, 2024, 8:49 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई

साउन ३२, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार स्त्री-२ ले ५५ करोड ४० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् ।

योसंगै स्त्री-२ ले बलिवुडमा पहिलो दिन यसअघि पठानले ५५ करोड कमाएर राखेको किर्तिमान समेत तोडेको छ । पहिलो दिन पठान बाहेक एनिमलले ५४.७५ करोड कमाएको थियो भने केजीएफ-२ ले ५३.९५ करोड कमयेको थियो । त्यस्तै वारले ५१ करोड ६० लाख कमाएको थियो ।

यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।

अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया