February 23, 2025, 8:47 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

युवा फुटबलर यमालका बुबामाथि चक्कु प्रहार

साउन ३१, २०८१ मा प्रकाशित | ११४०दर्शक तीव्रखबर

काठमाडौँ । स्पेनका युवा फुटबल स्टार लामिन यमालका बुबामाथि चक्कु प्रहार भएको छ ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार यमालका बुबा मौनिर नसरोईमाथि बुधबार तटीय सहर मातारोमा आक्रमण भएको थियो । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको अवस्था स्थिर रहेको छ । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताइएको छ ।
यमालका बुबाको कार पार्किङ स्थलमा विवाद भएपछि उनीहरुले चक्कुले प्रहार गरेको रिपोर्टमा उल्लेख छ । प्रहरीले यमालका बुबाको स्वास्थ्य अवस्थामा सुधार भएको र खतरामुक्त रहेको जानकारी दिएको छ ।
हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका यमाल हालै सम्पन्न युरोकपमा स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रतिक्रिया