February 23, 2025, 8:53 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

अन्तर्राष्ट्रिय ताईक्वानदोमा नेपाललाई एक रजत एक पदक

साउन ३०, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

चीन। एशियन खुल्ला अन्तर्राष्ट्रिय ताईक्वानदो प्रतियोगीतामा नेपालले एक रजत एक कास्य पदक हात पारेको छ ।

चीनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ९ र १० तारीकसम्म आयोज़ना भयको ताईक्वानदो आईटीएफ़ नेपालका प्रशिक्षक गायजी खड़काले व्यक्तिगत प्याट्रन तर्फ सेमीफाइनलमा मलेशियाका मो चींगमिंगसंग पराजित भएका थिए । त्यसैगरि ५८ केजी मुनि तौल समूहको फाईनल खेलमा चीनका व्हायूसंग पराजित भएका थिए । ताईक्वानदो आईटीएफ खेलमा नेपाल लगायत चिन, मलेशिया, रशिया, अफगानिस्तान , अष्ट्रेलियाका खेलाडी तथा अफिशियल सहभागीता रहेको थियो ।

सो प्रतियोगितामा नेपालकी सस्मीनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थिइन । अगस्ट ८ तारीकमा अन्तर्राष्ट्रिय ताईक्वानदो महासंघका सह–महासचिव तथा सीनियर मास्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपालका सस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षण दिनुका साथ प्रतियोगीतामा विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेको आईटीएफ नेपालले जनाएको छ ।

प्रतिक्रिया