September 16, 2024, 8:54 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

सुनिता दुलालको ‘नबोल अरु सँग’ सार्वजनिक [भिडियो]

साउन ३०, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडाैं। ‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग’ सार्वजनिक गरेकी छन्। यसमा उनलाई चर्चित लोकगायक खेम सेञ्चुरीले साथ दिएका छन्।

‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय छ। नेत्र अर्यालको शब्द रहेको गीतलाई खेम सेञ्चुरीले संगीतबद्ध गरेका हुन्।

गायिका दुलालले यसपटकको गीत आजसम्मकै उष्कृष्ट रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन्। नाचगानमा रमाउँने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको यो गीत देशविदेशका सबैलाई मनपर्ने उनले बताइन्।

दुलालका पियारी, ‘यो रमाईलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन्। तीज आउन केही हप्ता बाँकी रहेपनि यतिबेला सामाजिक संजाल तीजमय बनेको छ । तीजलाई नै लक्षित गरी दर्जनौं गीतसंगीत र म्यूजिक भिडियो सार्वजनिक भएका छन्।

प्रतिक्रिया