September 16, 2024, 8:54 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

हलमा लाग्नु अघि नै करोडौं कमायो श्रद्धा कपुरको ‘स्त्री-२’ ले

साउन ३०, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

मुम्बइ, मानिसमा हरर चलचित्रको क्रेज बढेको छ । केही समययता यस्तो फिल्म रिलिज हुँदा बक्स अफिसमा हलचल मच्चिन्छ ।

अब फेरि एक पटक बक्स अफिसमा राज गर्न फिल्म ‘स्त्री २’ रिलिज हुँदैछ । फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए । अब यो प्रतिक्षाको अन्त्य हुँदैछ ।

चलचित्र आज राति ९ः३० बजे रिलिज हुनेछ । फर्स्ट डे फर्स्ट शो हेर्नको लागि मानिसहरु तयारीमा जुटेका छन् । स्त्री- २ को अग्रिम बुकिङ खुला भएको छ र यसको अग्रिम बुकिङ धमाधम भईरहेको छ । अग्रिम बुकिङमा यो फिल्मले खेल खेल्ने र वेदलाई पछि पारेको छ ।

एक दिन अगाडी स्त्री २ रिलिज गरेर निर्माताहरुले यसअघि खेल खेलमा र वेदालाई स्त्री २ सँगै १५ अगस्टमा रिलिज गर्ने तयारी गरेका थिए । यी दुवै ठूला स्टारका फिल्म हुन् तर दुवैको बजेट ‘स्त्री २’ भन्दा निकै कम छ ।

अग्रिम बुकिङमा करोडौं कमाइयो

स्त्री- २ ले अग्रिम बुकिङ मार्फत करोडौं रुपैयाँ कमाएको छ । सकनिल्कको रिपोर्टका अनुसार ‘स्त्री- २’ ले पहिलो दिन अहिलेसम्म ११ करोड २३ लाख रुपैयाँ कमाएको छ । फिल्मको ९७१४ शोका लागि ३७७३८० टिकट बिक्री भएको छ । साँझसम्म यो संख्या अझै बढ्न सक्छ ।

प्रतिक्रिया