September 16, 2024, 7:17 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

स्वदेशी सामानहरुको उपयोग गरौं, व्यापार घाटौ घटाऔं : युवा उद्यमी दुवाल

साउन ३०, २०८१ मा प्रकाशित | १३७०दर्शक तीव्रखबर

भक्तपुर । युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले स्वदेशी सामानको उपभोग गरी व्यापार घाटा घटाउने कार्यमा सहयोग गर्न सवैसँंग अनुरोध गरेका छन् । व्यापार घाटा वर्षैपिच्छे वढ्दो रहेको बेला कमसेकम स्वदेशी वस्तुको उपभोग गरिदिए केही भए पनि व्यापार घाटा घट्ने उनको धारणा छ ।

भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरका विद्यार्थीसामु उनले युवा विद्यार्थीमा देशभक्तिपूर्ण भाबना हुनुपर्नेमा पनि जोड दिए । भक्तपुरकै झौखेलस्थित नेपाल इको प्यानल उत्पादन कारखानाको अवालेकन भ्रमणपश्तात भएको छलफलमा उनले देशभक्तिपूर्ण भाबना भएकाले केही महँंगो भए पनि स्वदेशी वस्तु नै उपयोग गरिरहेको पाएको जानकारी गराए ।

क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित बीबीएम सातौ समेष्टर (२०२०) समूहमा क्रियटिभीटी एण्ड इनोभेसन विषय अध्ययनतर विद्यार्थीले इको प्यानल उत्पादन कारखानाको अध्ययन भ्रमण गरेका थिए । इन्टप्र्रेर्नसिप प्याक्टिस एण्ड पसिविलिटीज अफ न्यु स्मल विजनेश इन नेपाल (नेपालमा नयाँं सानो व्यापारमा स्वरोजगार अभ्यासको सम्भाबना) सँंग सम्वन्धित विद्यार्थीले कारखानाको अवलोकन भ्रमण गरेका थिए । कारखानाको अवलोकन भ्रमणपछि विद्यार्थीसँंग कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरमा अन्तरक्रिया गरिएको थियो ।

कलेजका उपप्राध्यापक डा किशोर हाकुदुवालले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले भ्रमण गराइएको जानकारी गराए ।

भ्रमणमा विद्यार्थीले इको प्यानलको उत्पादनदेखि विक्रीवितरणसम्मको विवरणसम्मबारे जानकारी लिएका थिए । त्यस अवसरमा सिइओ दुवालले नेपाल इको प्यानल स्वदेशमै बनेको नयाँं निर्माण सामाग्री रहेको जानकारी गराए । त्यस अवसरमा उनले इको प्यानलको प्रयोगबाट तीव्र नर्माण सम्भब हुने पनि जानकारी विद्यार्थीलाई गराए । भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनि नियन्त्रक रहेका कारण नेपाल इको प्यानलले लोकप्रिय आधुनिक निर्माण सामाग्रीको रुपमा ख्याति कमाउँंदै आएको जानकारी उनले गराए ।

वातावणमैत्री भएकै कारणले पनि धेरै उपभोक्ताले यसलाई रुचाएको उनले जनाए । उपभोक्ताको लोकप्रियताकै कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न डिलरहरुमार्फत नेपाल इको प्यानलको विक्रीवितरण हुँंदै आएको जानकारी उनले गराए ।

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कर्पाेरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ ।

प्रतिक्रिया