February 23, 2025, 9:50 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

साउन २८, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं, । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ ।

जुन ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको हो ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो । उक्त आम्दानी ४१.४७ प्रतिशत बढेर ३ अर्ब ११ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

यता, खुद बिमा शुल्क आर्जन २७.४७ प्रतिशतले बढेर ९ अर्ब १० करोड ५९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ३०.१८ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

बिमा कोषको आकार ३३ अर्ब ६३ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।

प्रतिक्रिया