February 24, 2025, 12:37 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

रामेछापमा हत्या गरी फरार रहेका रूजन भक्तपुरवाट पक्राउ

साउन २५, २०८१ मा प्रकाशित | ९२०दर्शक तीव्रखबर

काठमाडौं,  । कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी रामेछाप दोरम्बा शैलुङ गाउँपालिका- ३ बस्ने १९ वर्षीय रूजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको  छ ।

रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका-३ स्थित सल्यानी भीरमा  २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा वारदात पश्‍चात फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाईटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।

प्रतिक्रिया