September 19, 2024, 1:17 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

खस्कियो फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था

साउन २४, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं,  । अधिकांश फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था खस्किएको छ ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमध्ये हालसम्म सार्वजनिक भएको एक दर्जन कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ वित्तीय विवरणअनुसार अधिकांशको खुद नाफा घटेको छ ।

तीनवटा फाइनान्स कम्पनी नोक्सानीमा गएका छन् भने पाँचवटाको नाफा घटेको छ । बाँकीको सामान्य बढेको छ । आईसीएफसी, श्री इन्भेष्टमेन्ट बैंकिङ एन्ड फाइनान्स, नेपाल फाइनान्स, गुहेश्वरी मर्चेन्ट एन्ड बैंकिङ र नेपाल फाइनान्सको खुद मुनाफा घटेको छ ।

पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स घाटामा गएका छन् । मञ्जुश्री फाइनानस, गुडविल, गोर्खाज र रिलायन्स फाइनान्सको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा केही बढेको छ ।

मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षमा २६ करोड ५८ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा फाइनान्स कम्पनीहरूमध्ये उच्च हो । फाइनान्सको निष्क्रिय कर्जा दुई दशमलव ९७ प्रतिशत देखिएको छ ।

फाइनान्सले अघिल्लो आर्थिक वर्षमा २४ करोड ६९ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने तीन दशमलव २६ प्रतिशत निष्क्रिय कर्जा थियो । गुडविल फाइनान्सले पनि आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ८४ लाख २९ हजार रुपैयाँ कमाएको छ ।

यस अवधिमा चार दशमलव ८९ प्रतिशत निष्क्रिय कर्जा छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्स नौ करोड २३ लाख २८ हजार रुपैयाँ खुद नोक्सानीमा थियो भने निष्क्रिय कर्जा छ दशमलव ४३ प्रतिशत थियो ।

आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ८६ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा चार दशमलव १५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा खुद मुनाफा १५ करोड ४५ लाख ८१ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जा एक दशमलव ९९ प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ मा गोर्खाज फाइनान्सले भने १० करोड ८९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने १२ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले २३ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने निष्क्रिय कर्जा १९ दशमलव २५ प्रतिशत थियो ।

श्री इन्भेष्टमेन्ट बैंकिङ एन्ड फाइनान्सले छ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा छ । अघिल्लो आर्थिक वर्षमा सात करोड ५० लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको यो फाइनान्सको निष्क्रिय कर्जा एक दशमलव शून्य पाँच प्रतिशत थियो ।

रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ८९ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा छ दशमलव ६३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा आठ करोड २६ लाख १२ हजार रुपैयाँ खुद नोक्सानी बेहोेरेको यो फाइनान्सको निष्क्रिय कर्जा १२ दशमलव १६ प्रतिशत थियो ।

नेपाल फाइनान्सले गत आर्थिक वर्षमा एक करोड ८१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा नौ दशमलव ११ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यो फाइनान्सले दुई करोड एक लाख ३४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा १२ दशमलव १६ प्रतिशत थियो ।

गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले एक करोड ५४ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा छ दशमलव ५३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सको खुद नाफा छ करोड ४८ लाख २४ हजार रुपैयाँ र निष्क्रिय कर्जा तीन दशमलव १२ प्रतिशत थियो ।

बेस्ट फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा चार लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने निष्क्रिय कर्जा दुई दशमलव ८४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा ८६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको निष्क्रिय कर्जा तीन दशमलव ४८ प्रतिशत थियो ।

पोखरा फाइनान्सले १० करोड ६४ लाख ५९ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ भने निष्क्रिय कर्जा नौ दशमलव ७५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यो फाइनान्सको खुद मुनाफा दुई करोड ३८ लाख ५८ हजार रुपैयाँ र निष्क्रिय कर्जा पाँच दशमलव ३८ प्रतिशत थियो ।

सेन्ट्रल फाइनान्सले छ करोड ३८ लाख ८० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । सेन्ट्रलको निष्क्रिय कर्जा छ दशमलव ७७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा सेन्ट्रल फाइनान्सको नाफा चार करोड ११ लाख ८२ हजार रुपैयाँ र निष्क्रिय कर्जा चार दशमलव ७७ प्रतिशत थियो ।

यसैगरी प्रोग्रेसिभ फाइनान्सले पनि गत अर्थिक वर्षमा तीन करोड ८० लाख ७६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । सो अवधिमा फाइनान्सको निष्क्रिय कर्जा छ दशमलव ६७ प्रतिशत छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा २९ करोड दुई लाख २९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने निष्क्रिय कर्जा नौ दशमलव ९८ प्रतिशत थियो । आर्थिक दैनिकबाट

प्रतिक्रिया