September 19, 2024, 9:53 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

रौतहटमा नक्कली प्रहरी पक्राउ

साउन २४, २०८१ मा प्रकाशित | ६५०दर्शक तीव्रखबर

 रौतहट । सादापोशाक अर्थात घुमुवा प्रहरीको करामातले बदनाम रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ बर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । उनलाई सार्बजनिक मुद्धा अन्तर्गत अभद्र ब्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन ।

गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा वसुल गर्ने योजनामा रहेको भनी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरमा सूचना आएको थियो । सूचना लगत्तै प्रहरी टोलीले आरोपी रमेश साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको थियो ।

हाल आरोपी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सञ्जय मिश्रा

प्रतिक्रिया