January 30, 2025, 6:33 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु

माघ १७, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं (एजेन्सी) – अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।
बिबिसीका अनुसार अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएका थिए।
उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए।
प्रहरी अधिकारीहरूले जानकारी दिँदै अहिलेसम्म १८ जनाको शव फेला परिसकेको बताएका छन्।
बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ।
स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरू गरिएको छ। उक्त विमानले रिगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो।

प्रतिक्रिया