February 23, 2025, 8:38 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन कुस्ती

साउन २४, २०८१ मा प्रकाशित | १०६०दर्शक तीव्रखबर

काठमाडौँ । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।

पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् ।

विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४’ उनले अगाडी लेखेकी छन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’

उनलाई बुधबार ५० केजी समुहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।

प्रतिक्रिया