January 22, 2025, 1:37 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

आजको विनिमयदर : कति पुग्यो अमेरिकी डलरको मूल्य?

साउन २०, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्रको मूल्य आज घटबढ् भएको छैन।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।

हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १० पैसा र बिक्रीदर ८७ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ।

आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ७२ र बिक्रीदर ३५६ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।

प्रतिक्रिया