February 23, 2025, 8:54 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सेन्ट लुसियाकी अल्फ्रेडले जितिन् पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण

साउन २०, २०८१ मा प्रकाशित | ९१०दर्शक तीव्रखबर

काठमाडौँ । सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले जारी पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण पदक जितेकी छन् ।

अल्फ्रेडले १०० मित्रको दुरी १०.७२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले स्वर्ण पदकको प्रबल दाबेदार मानिएकी अमेरिकी धावक शाकारी रिचर्डसनलाई हराएकी थिइन् । अल्फ्रेडले सेन्ट लुसियालाई इतिहासमा पहिलो ओलम्पिक पदक दिलाएकी छन् ।

रिचर्डसनले १०.८७ सेकेन्डमा सो दूरी पार गरेर रजत पदक जितेकी छन् । त्यस्तै अमेरिकाकै मेलिस्सा जेफर्सनले १०.९२ सेकेन्डमा सो दूरी पार गर्दै काश्य पदक जितेकी छन् ।

प्रतिक्रिया