September 19, 2024, 4:13 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

साउदीमा मानसिक सन्तुलन गुमाएका महोत्तरीका पुनितको उद्धार

साउन १८, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

साउदी : वैदेशिक रोजगारीका क्रममा साउदी पुगेर मानसिक सन्तुलन गुमाएर कष्टकर जीवनयापन गर्दै आएका महोत्तरीका पुनित कुमार यादवको उद्धार भएको छ। उनको उद्धारमा नेपाली दूतावास रियाद , हिमालयन टुर एन्ड ट्राभल्स, नेपाली लालीगुराँस रेष्टुरेण्टले सहयोग गरेका हुन्।

मानसिक सन्तुलन गुमाएर कष्टकर जीवनयापन गर्दै आएका यादवको  रियाद शहरको बथामा घुम्दै फिर्दै आएका थिए। महोत्तरीका २६ वर्षीय  दव बेसुरका कुरा गर्ने, आफै गुन गुनाउने, कमेडियन पारामा कुरा गर्ने, विभिन्न किसिमका अभिनय गर्ने जस्ता लक्षण देखिएको थियो भने उनी सम्बन्धित कम्पनीबाट भागेर अन्य ठाउँमा काम गरेका थिए।

उनका  बारेमा सञ्चार माध्यममार्फत  सामाजिक सञ्जालमा देखिएपछि हिमालयन टुर एण्ड ट्राभल्स तथा  नेपाली लालीगुराँस रेष्टुरेन्टले दूतावासमा जानकारी गराई उनको स्वदेश फिर्तामा सहयोग गरिदिन आग्रह गरेका थिए।

दूतावास रियादले सम्बन्धित निकायसँग समन्वय गरी यादवको बहिर्गमन भिसा उपलब्ध गराएको थियो। वैदेशिक रोजगारीका क्रममा सन् २०२१ मा साउदीको भल ए्चिपमेन्ट इन्डस्ट्री कोपरेसन नामक कम्पनिमा लेवर कामदारको रूपमा साउदी पुगेका थिए।

हवाई टिकटको व्यवस्था झापाली समाज साउदीका प्रमुख सल्लाहकार  राजेन्द्र थापाले गरेका थिए। उनी ३१ जुलाई २०२४ मा हिमालयन एयरलाइन्सबाट स्वदेश फिर्ता भएका छन्। साथै पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका नेपाली कामदारहरू  लोभमा परि कम्पनी छोडेर भाग्ने र समस्या देखा परेपछि मानसिक सन्तुलन गुमाउने, आत्मा हत्या गर्ने लगायतका कार्य बढ्दो छ।

विष्णु घिमिरे – अन्नपुर्ण बाट

प्रतिक्रिया