September 19, 2024, 12:54 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

पशुपति कोटिहोम कथावाचक अनिरुद्धाचार्य महाराज सहभागी हुने

साउन १८, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

ललितपुर (गोदावरी),चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्नुहुने भएको छ ।

मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्नुहुने भएको हो ।

कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति  महाराजले जानकारी दिनुभयो ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाउनुभएको आयोजकले जनाएको छ ।

धार्मिक प्रवचनका क्षेत्रमा शीर्षस्थानमा रहनुभएका अनिरुद्धाचार्यको प्रवचन श्रवण गर्न हजारौँ भक्तजनको उपस्थिति हुनेगरेको बताइएको छ ।

आयोजकका अनुसार हिन्दू धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा सपर्पित अनिरुद्धाचार्यको सनातन हिन्दूधर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रुचि रहेको छ ।

स्वदेश तथा विदेशमा नाम चलेका कथा वाचक  एवं वाचिकद्वारा वाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ ।

प्रतिक्रिया