February 23, 2025, 8:47 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

ईसेवाबाट दिनमा तीन पटक बढी पैसा पठाउँदा १० रुपैयाँ कारोबार शुल्क लाग्ने

साउन १७, २०८१ मा प्रकाशित | १०३०दर्शक तीव्रखबर

काठमाडौं : आजदेखि ईसेवाबाट दिनमा तीन पटक बढी पैसा पठाउँदा १० रुपैयाँ कारोबार शुल्क लाग्ने भएको छ। कम्पनीले बिहीबार सूचना जारी गरेर उक्त व्यवस्था सुरु भएको जानकारी दिएको हो।

आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’ बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यू आर मार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १ देखि इसेवाको सेन्ड मनी सेवा प्रयोग गर्दा शुल्क लाग्ने इसेवाले जनाएको छ।

कारोबार दिनमा ३ पटक गरी महिनामा ३० पटकसम्म नि:शुल्क रहनेछ। साथै १०० रुपैयाँ मुनिका सबै सेन्ड मनी कारोबार निःशुल्क रहने छन्। यो बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रुपैयाँ सेवा शुल्क लागू हुनेछ।

प्रतिक्रिया