February 23, 2025, 8:48 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

रहेनन् शास्त्रीय संगीतका गुरू गुरूदेव कामत

साउन १७, २०८१ मा प्रकाशित | ११००दर्शक तीव्रखबर

सिरहा : संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । उनको बिहीबार बिहान ६ बजे आफ्नै निवास सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो ।

६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्म भएको थियो ।

प्रतिक्रिया