September 20, 2024, 1:43 am
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

साउन १७, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । विहान ११ बजे बस्ने बैठक हनुमानस्थानस्थित होटल बसेरामा बस्ने भएको छ ।

बुधबार बिहान भएको बर्षाले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढी पसेपछि एमालेको सचिवालय बैठक होटलमा गर्न लागिएको हो ।

बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने भएको छ । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ।

त्यस्तै एमालेले विभिन्न ईञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्ने समेत बताइएको छ ।

प्रतिक्रिया