January 31, 2025, 2:32 am
» संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बोधन गर्ने » आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने » तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन

संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक आज बस्दै

साउन १७, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक आज बस्दै छ ।

आज बिहान साढे सात बजे सिंहदरबारस्थित गृह मन्त्रालय बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् ।

कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो ।

कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाउने बताइएको छ ।

प्रतिक्रिया