September 19, 2024, 12:58 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

नयाँ मन्त्रीपरिषद गठन हुना साथ राष्ट्र बैंकका गभर्नर पनि फेर्न माग

साउन १६, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं, । नेपालमा राजनीतिक अस्थिरता चरम सीमामा बढेको छ ।

यो अस्थिरताको कारणले देशको आर्थिक अवस्था ज्यादै दयनीय अवस्था रहदैं आएको छ ।

यस परिपक्ष्यमा नयाँ मन्त्रीपरिषद गठन हुना साथ राष्ट्रिय योजना आयोगको सम्पूर्ण पदाधिकारीहरु परिर्वतन हुने तथा महान्याधिवक्ताले पनि राजीनामा दिनुपर्ने बाध्यता रहदैं आएको सर्वविधितै छ ।

देशमा नयाँ मन्त्री परिषद गठन हुनासाथ त्यस अन्तर्गतको अर्थमन्त्रीले देशको अर्थव्यवस्था, अर्थनीति, योजना आदि नयाँ तरिकाले गर्नुपर्ने हुनाले र सो गर्न नेपाल राष्ट्र बैंकका गभर्नरद्वारा अवरोध भैरहने अवस्था भएकाले अबदेखि नयाँ मन्त्री परिषद गठन हुनासाथ राष्ट्र बैंकको गभर्नर पनि फेर्नु पर्ने अति आवश्यक छ ।

यसबाट नेपालमा मन्त्री र प्रधानमन्त्री फेरिए सँगै राष्ट्र बैंकको गभर्नर पनि नयाँ नयाँ आउने र त्यसबाट नयाँ प्रतिभाशाली अर्थविदहरुले राष्ट्र बैंकको गभर्न र बन्ने मौका पाउने अर्पण साप्ताहिकमा खबर छ ।

नयाँ अर्थमन्त्री–नयाँ गभर्नरको नारा सबैतिर घन्किदै आएको छ ।

प्रतिक्रिया